INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका–६ का ३६ वर्षीय प्रभाकर कुमार यादव विरुद्ध ०८१ वैशाख ९ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ ।

सिलाई कटाइ सम्बन्धी रोजगारीको प्रलोभन देखाई वैशाख ४ गते आरोपितले बालिकालाई भारत तर्फ लग्दै गरेको आवस्थामा इलाका प्रहरी कार्यालय सिमराको टोलीले बेचबिखन प्रयास हुन सक्ने आसङ्कामा सोध पुछ गर्न खोज्दा आरोपितले बालिकालाई छाडी प्रहरी हबल्दार सचेन्द्र यादवलाई छुरा देखाई फरार भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

बालिकालाई उद्धार गर्नुका साथै आरोपितको समेत खोन तलास भइरहेको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।

अन्य

भिडियो