INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटना आराेपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–४ मुग्राँका २१ वर्षीय धनबहादुर खड्कालाई प्रहरीले वैशाख ९ गते गिरफ्तार गरेको छ ।

गाउँकै जंगलमा वैशाख ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर दिपक मगराठीले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ९ गते  जिल्ला अस्पतालमा भयो ।

जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइ घटनाको अनुसन्धान थालिएको इन्स्पेक्टर मगराठीले बताउनुभयो ।

अन्य

भिडियो