INSEC Online

📅 २०८३ जेष्ठ २१

अनुगमनका क्रममा भेटिएका अनाधिकृत औषधी बेच्ने मेडिक हल बन्द

जिल्ला प्रशासन कार्यालय बागलुङ, औषधी व्यवस्था विभाग काठमाडौ, स्वास्थ्य कार्यालय बागलुङ, बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय बागलुङ, इन्सेक बागलुङ र उपभोक्ता मञ्च बागलुङको संयुक्त आयोजनामा बागलुङका औषधी पसलहरु अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा औषधी व्यवस्था विभागमा दर्ता नभएका, जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने औषधी बेचबिखन गरेको पाइएपछि धौलाश्री मेडिकल हल बागलुङ बन्द गरिएको छ ।

सम्बन्धित व्यवसायीको अनुपस्थितीमा गैर व्यक्तिले अनाधिकृत रुपमा उपचार गरि औषधी विक्रि वितरण गरेको, विभागमा दर्ता नभएका औषधी भण्डारण गरी बिक्री वितरण गरेको, लागु मनोद्धिपक औषधीको रेकर्ड नराखेको पाइएपछि औषधी जफत गरी तत्कालका लागि मेडिकल हल बन्द गरिएको हो ।

अनुगमनका क्रममा देखिएका कमजोरीका विषयमा तीन दिनभित्र औषधी व्यवस्था विभागमा सम्बन्धित व्यवसायीलाई कारण सहित उपस्थित हुन लिखित रुपमा अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका नासु रामप्रसाद उपाध्यायले बताउनु भयो ।

अनुगमनका क्रममा अस्पताल रोडको बुद्द डेन्टल होम पनि बन्द गरिएको छ । डेन्टल होम सञ्चालनका लागि आवश्यक पर्ने कागजपत्र फेला नपरेको र सञ्चालक समेत फेला नपरेकाले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएर डेन्टल होम बन्द गरिएको हो ।

anugaman1 081-1-7 baglunganugaman 2 081-1-7 baglunganugaman3 081-1-7 baglung

अन्य

भिडियो