INSEC Online

📅 २०८३ जेष्ठ २२

अविरल वर्षाले गरेको क्षतिको राहत नपाएको पहिरो पीडितको गुनासो

गत साउन १२ गते परेको अविरल वर्षाका कारण भएको क्षतिको राहत नपाएको पहिरो पीडितहरुले गुनासो गरेका छन् ।

सर्केगाड गाउँपालिका–६ बराई गाउँमा अविरल वर्षाका कारण बनाएको क्षतिको राहत नदिएको स्थानीय पहिरो पीडितहरूले गुनासो गरेका हुन् । बराई गाउँका रामचन्द्र सुनार, जनक सुनार र विज्ञान सुनारका तीन घरलाई बाढी पहिरोले पुर्ण रुपमा क्षति भएको भन्दै वडा कार्यालय, गाउँपालिका हुदै जिल्ला विपत व्यवस्थापन समिति समक्षसम्म पुगे पनि हालसम्म कुनै वास्ता नगरेको पहिरो पीडित रामचन्द्र सुनारले गुनासो गर्नु भयो ।

उहाँका अनुसार पहिरोबाट तीन ओटै घरमा रहेको अन्न, भाँडाकुँडा लुगा र अन्य भौतिक संरचनालाई पुर्णरुपमा क्षति गरेको थियो । उक्त क्षतिको प्रहरी मुचुल्का समेत गरि सक्दा पनि कसैको ध्यान नगएको स्थानीय सुनारको भनाइ छ । विशेष गरि वडा कार्यालयले र गाउँपालिकाले राहत दिनु पर्ने हो । जनप्रतिधि र कर्मचारीले त्यस सम्बन्धी कुनै ध्यान नदिएको पीडित सुनारको गुनासो छ ।

गत वर्ष पनि आफ्नो एउटा घर पहिरोले क्षति पुर्याउँदा गाउँपालिकाले राहतको व्यवस्था गरेन तर अहिले पनि तीन जनाको गरेर तीनओटा घरमा क्षति हुँदा करीव नाै लाख रुपियाँ बराबर धनमालको क्षति भएको छ । यसमा वडा अध्यक्षको कुनै सकारामक भूमिका नरहेको पीडितको भनाइ छ ।

उक्त विषयमा वडा अध्यक्ष पदमबहादुर शाहीलाई बुझ्दा उहाँले पीडितहरूले पर्णरुपमा क्षति भने पनि सो घरहरू आंशिक रुपमा क्षति भएकाले त्यसको क्षतिपूर्तिका लागि गाउँपालिकासँग वडाले सिफारीस नगरेको बताउनुभयो ।

अन्य

भिडियो