INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपितहरू विरुद्ध उजुरी

बहुदरमाई नपा–३ नगरदाहा की २४ वर्षीया निशा भनिने बसन्ती कुमारी साहको हत्या गरेको आरोपमा पीडित पक्षले पति २५ वर्षीय इनरजित भनिने इन्द्रजित साह गोढ र इन्द्रजितका बाजे ६० वर्षीय मंसि साहविरुद्ध ०८१ वैशाख १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

“तीन महिनाको गर्भवती समेत रहेकी निशालाई वैशाख १ गते लात र मुक्का प्रहार गरी आरोपितहरूले कुटपिट गरेका थिए । कुटपिटका कारण घाइते भएकी निशालाई उपचारको लागि वीरगंजस्थित अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको”–मृतकका बुबा सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. २ सखुवा जमुनियाका ५२ वर्षीय हिरालाल साह बताउनु भयो । छोरीलाई उनका परिवाजनले नियोजित ढङ्गले हत्या गरेको पीडित बुबाको आरोप रहेको छ ।

त्यस्तै “आफूहरू घटना भएकै दिन आरोपितहरू विरुद्ध प्रहरीमा उजुरी दिएपनि प्रहरीले आरोपतिहरूलाई गिरफ्तार नगरेको पीडित पक्षले वैशाख ४ गते वीरगंजमा पत्रकार सम्मेलन मार्फत आफ्नो दुःखेसो सुनाउनु भयो ।

यता मृतकका पतिका अनुसार वैशाख १ गते अचानक पेट दुखेर बेहोस भएकी निशालाई उपचारको लागि अस्पताल लग्ने क्रममा उनको मृत्यु भयो । आफूले वा आफ्नो परिवारको कसैले पनि निशालाई कुटपिट नगरेको उहाँले बताउनु भयो ।

शवको पोष्टमार्टम सोही दिन वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिनु भयो । साथै पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटना बारे केही भन्न सकिने उहाँले बताउनु भयो ।

अन्य

भिडियो