१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झिमरुक गाँउपालिका-७ का २६ वर्षीय जीवन जिसीलाई प्रहरीले ०८१ वैशाख २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्ण रानाले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २ गते जिल्ला अस्पताल, बिजुवारमा भयो ।