१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका-९ का ३८ वर्षीय सन्तोषकुमार माझीलाई वैशाख १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० चैत २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८१ वैशाख १ गते इलाका प्रहरी कार्यालय, ठोक्सिलामा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश थापाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २ गते गरिएको छ ।