INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आराेपित विरुद्ध उजुरी

मनरासिस्वा नगरपालिका-८ की २४ वर्षीया किरण कापरमाथि घरेलु हिंसा गरेको आरोपमा ०८० चैत २८ गते ससुरा ५० वर्षिय सिताराम ठाकुर, सासु ४५ वर्षीया मञ्जु देवी ठाकुर र पति २७  वर्षीय बिक्की ठाकुर विरुद्ध पीडितले महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र महोत्तरीमा उजुरी दिनु भएकाे छ ।

पीडित र आराेपितबीच ०८० माघ १५ गते अन्तरजातीय प्रेम विवाह भएकाे थियाे । “विवाह भएकाे केही समय सम्बन्ध राम्राे थियाे, समय बित्दै गएपछि जात र दाइजाेकाे नाममा आराेपितहरुले कुटपिट तथा गालिगलौज गर्नुका साथै घरमा समेत बस्न नदिई शारीरिक तथा मानसिक यातना दिएको” -पीडितले भन्नु भयाे । फागुन २१ गते पति विदेश गए पश्चात आराेपित ससुरा र सासुले झन गालिगलौज र  कुटपिट  गरेको र पतिले पनि बुवा आमाको कुरा सुनी गलिगलाैज गरेको भन्दै पीडितले उजुरी दिएको हवल्दार रुपा सपकोटाले जानकारी दिनु भयो ।

घटना बारे अनुसन्धान गरी दाेषीलाई कानुन बमाेजिम कारवाही गर्ने उहाँले बताउनु भयाे ।

अन्य

भिडियो