INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमा चार महिनादेखि विद्यार्थी दिवाखाजाबाट वञ्चित

सोरु गाउँपालिका – ९ कालैमा रहेको  श्री विजय माध्यामिक विद्यालयमा सरकारले विद्यार्थीलाई निशुल्क दिदै आइरहेको दिवाखाजा ०८० मङ्सिर महिना देखि विद्यार्थीहरुलाई दिवाखाजा दिएको छैन । विद्यालयमा दिवाखाजाको रकम कटाएर निजी स्रोतका शिक्षक इश्वर बिटालु  र भक्त प्रसाद आचार्यलाई तलब सुविधामा उपलब्ध गराएपछि सोही विद्यालयमा अध्ययनरत ३ सय ४७ जना विद्यार्थी चार महिनादेखि दिवाखाजाबाट वञ्चित भएका हुन् ।

विद्यालयमा  एक देखि ६ कक्षासम्म ३ सय ४७ जना बालबालिका छन । जसमध्ये बालविकास केन्द्रमा ७९ जना बालबालिका अध्ययनरत छन । सरकारले प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीका लागि मुगु लगायत कर्णालीका दुर्गम पाँच जिल्लामा हरेक विद्यार्थीले २० रुपियाँ खाजाबापत रकम दिने गरेको विद्यालयका प्रधानाध्यापक सिताराम थारुले जानकारी दिनु भयो ।
नेपाल सरकारले दिदै आएको दिवाखाजा विद्यालयले नदिएपछि बालबालिकाहरु गुनासो गरेको अभिभावक सुरेन्द्र नेपालीले बताउनु भयो ।

विद्यालयमा दिँदै आएको खाजा तर अहिले दिन छोडेकोे सोही विद्यालयमा अध्यनरत होइजाली योगिले गुनासो गर्नुभयो ।  विद्यालयमा खाजा दिन छोडेपछि घर देखि रोटी बोकेर ल्याउने गरेको अर्का विद्यार्थी आयुस नाथ योगि बताउनु भयो ।

स्थानीय सरकारले शिक्षक दरबन्दी नदिएको कारण खाजाको रकमबाट शिक्षकलाई तलबको व्यवस्थापन गर्न पर्ने भएकोले विद्यार्थीलाई खाजा खुवाउन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बिटालुले जानकारी दिनुभयो।

शिक्षक अभाव भएपछि निजी स्रोतमा शिक्षक राखेर विद्यालय सञ्चालन गर्दा दिवाखाजाको रकम प्रयोग गरिएको प्रधानाध्यापक थारुल बताउनुभयो । विद्यालयको अन्य स्रोत नभएकाले खाजाको रकम प्रयोग गरिएको उहाँको भनाइ छ ।

प्रत्येक विद्यार्थीको २० रुपियाँका दरले सरकारले दिएको दिवाखाजा रकमबाट दुई शिक्षकलाई तलब सुविधामा खर्चिएको छ र बाँकी रकम विद्यालयको खातामा रहेको लेखापाल छितादेवी मल्लले बताउनुभयो ।

विद्यालयमा दिवाखाजाको रकम प्रत्येक महिना गाउँपालिकाले उपलब्ध गराउँदै आएको तर विद्यालयले खाजा खुवाएको भर्पाई पालिकालाई बुझाउने गरेको थियो । अहिले गुनासो आएको छ । यसबारेमा थप सुचना लिने सोरु गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तिर्थ राज शाहीले जानकारी दिनुभयो । सरकारले विद्यालयमा उपलब्ध गराउने दिवाखाजा कार्यक्रमलाई निरन्तरताको लागि पहल गर्ने उहाँको भनाइ छ ।

Photo20240410Mugu

 

अन्य

भिडियो