INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी र प्रदर्शनकारीबिच झडप, दुवैतर्फ गरी २७ जना घाइते

राप्रपाले ४० बुँदे माग राखेर चैत २७ गते काठमाण्डौंको भद्रकालीमा गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा दुवै तर्फ गरी २७  जना घाइते भएका छन् ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र भित्र पस्न खोज्दा प्रहरीले रोक्न थालेपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो ।

प्रहरीसँगको झडपमा परी राप्रपाका २० जना कार्यकर्ता घाइते भएको र दुई जनालाई  गिरफ्तार गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो ।

घाइते हुनेहरूमा सांसद सबिना बजगाईं, सांसद बुद्धीमान तामाङ ,विर्तामोडका अध्यक्ष रञ्जु प्याकुरेल, झापाका चक्र फुँयाल, बागमति प्रदेशका प्रवक्ता विष्णु सापकोटा, तारकेश्वरका आभाष खडका, आशिष केसी, अशोक कटुवाल, दिनेश केसी, फणिन्द्र खड्का, नविन कार्की, थाहा नगरपालिकाका पुरुषोत्तम केसी, नुवाकोटका जितेन्द्र राई, फुलमान तामाङ, लोकेन्द्र प्रसाद गौतम, केबी थापा, श्यामबहादुर खड्का, इन्द्रबहादुर अधिकारी राधिका थापा ,मनिष बुढाथोकी लगायतका रहेको  प्रवक्ता श्रेष्ठले बताउनु भयो । घाइतेमध्ये  चार जनाको खुट्टा भाँचिएको र ट्रमा सेन्टरमा उपचार भइरहेको श्रेष्ठले बताउनु भयो ।

यसैगरी, झडपका क्रममा प्रहरी तर्फ सात जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिनुभयो ।

एआइजी थापाका अनुसार प्रदर्शनका क्रममा प्रदर्शनकारीले ढुङ्गा हान्ने र निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले  नियन्त्रणमा लिन सुरूमा पानीको फोहोरा हान्दा नरोकिए पछि लाठी चार्ज गरेको हो ।

photo2024041001ktmphoto2024041005ktm

अन्य

भिडियो