INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सरावल गाउँपालिका-३, का १५ वर्षीय बालकलाई प्रहरीले ०८० चैत २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २६ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बर्दघाटका इन्स्पेक्टर भिमबहादुर कार्कीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २६ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको अस्पतालका निमित्त प्रमुख किरण पाण्डेले बताउनु भयो ।

अन्य

भिडियो