INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

व्यास नगरपालिका– ५ सांगे सेराकी ३२ वर्षीया शुकमाया कुमालको हत्या गरेको आरोपमा ३५ वर्षीय पति जितबहादुर कुमाललाई प्रहरीले चैत २४ गते गिरफ्तार गरेको छ ।

शुकमाया कुमाललाई ०८० चैत २४ गते दिउँसो दाउले घाँटीको पछाडिको भागमा हान्दा शुकमायाको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनामा संलग्न जितबहादुलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले सोही दिन गिरफ्तार गरेको हो । घरायसी विवादको कारण सो घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिलराज बोहोराले बताउनुभयो ।

शवको पोष्टमार्टमको लागि दमौली अस्पतालमा ल्याइएको छ ।

अन्य

भिडियो