वीरेन्द्रनगर नगरपालिका-१० लाटिकोइलीकी ३४ वर्षीया गौरी रावतलाई हत्या गरेकाे आराेपमा प्रहरीले ६३ वर्षीय पति राम बहादुर रावतलाई चैत २३ गते जाजरकोट जिल्लाकाे जुनिचाँदे गाँउपालिका – १ काप्राबाट गिरफ्तार गरेको छ ।
आराेपितले ०६३ असार ९ गते पत्नीलाई कुटपिट गरी हत्या गरेर फरार भएका थिए । आरोपितले अर्को विवाह गरेर बसेको सूचनाका आधारमा १७ वर्षपछि गिरफ्तार गरिएकाे इन्स्पेक्टर कृष्णबहादुर खड्काले जानकारी दिनुभयाे ।
शवकाे पाेष्टमार्टम ०६३ असार १० गते क्षेत्रिय हाल प्रदेश अस्पतालमा भएकाे थियाे ।
आरोपितलाई चैत २३ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थपगरी अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले बताउनु भयाे ।