INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल पत्रकार महासङ्घका अध्यक्ष भण्डारीलाई दबाब सहित धम्की

सद्भाव दैनिक पत्रिका र सेतोखरी अनलाईनमा आफूसँग सम्बन्धित समाचार प्रकाशित भएको विषयमा नेपाल पत्रकार महासङ्घ, बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द बोहराले दबाब सहित धम्की दिएका छन् ।

अध्यक्ष भण्डारीले ०८० चैत २० गते सेतोखरी अनलाईनमा ‘बाँकेका एसपीले तस्करीबाट यसरी उठाउँछन् पैसा’ र सद्भाव राष्ट्रिय दैनिकमा चैत २० गते ‘तस्करबाट रकम उठाउने एसपी बोहराको कोर टीम’ शीर्षकमा समाचार लेख्नुभएको थियो ।

घटनाबारे पत्रकार महासङ्घले चैत २३ गते विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासङ्घ, बाँकेका अध्यक्ष दामोदर भण्डारीमाथि आएको धम्कीप्रति आपत्ति जनाएको छ ।

‘कुनै पनि समाचारमा चित्त नबुझे खण्डन छाप्ने लगायतका वैधानिक प्रक्रिया हुँदाहुँदै धम्क्याउने, अनावश्यक गालीगलौज गर्ने कार्य किमार्थ स्वीकार्य हुन सक्दैन’, विज्ञप्तिमा उल्लेख गरिएको छ । समाचारप्रति चित्त नबुझे त्यस उपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई धम्की दिनु अत्यन्त निन्दनीय तथा प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै मानव अधिकारकर्मीहरूको ०८० चैत २० गते विज्ञप्ति जारी गर्दै उल्लेखित घटनाले आम नागरिकहरूको बाँच्न पाउने अधिकारमा खलल् पुगेको भन्दै सम्बन्धित निकाय चनाखो र प्रभावकारी भूमिका निर्वाह गर्न अपिल गरेको स्मरण गराएका थिए । उक्त धम्की घटनाप्रति मानव अधिकारकर्मीहरूले चैत २३ गते विज्ञप्तिमार्फत आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन् ।

त्यसलाई वेवास्ता गर्दै बोहराले पत्रकारलाई धम्की दिनु प्रेस स्वातन्त्रतामाथि ठाडो प्रहार हो । महासङ्घ शक्तिको आडमा यसरी पत्रकार धम्क्याउने एसपी बोहरालाई कानुन बमोजिम कारबाही गर्न र बाँकेमा बढ्दो पत्रकारमाथि असुरक्षाका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्न स्थानीय प्रशासनको ध्यानकर्षण गराएको छ ।

अन्य

भिडियो