INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला रून्टीगढी गाँउपालिका–३ का ५२ वर्षीय देवीराम परियारलाई ०८० चैत २० गते गिरफ्तार गरेको छ ।

 पीडितलाई आरोपितले चैत १९ गते मण्डनदेउपुर नगरपालिका–८ स्थित दक्षिणकाली इँटा उद्योगमा प्रलोभन देखाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत २० गते उजुरी दिएका  थिए ।आरोपितलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय, धुलिखेलका डिएसपी राजकुमार श्रेष्ठले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २० गते धुलिखेल अस्पतालमा गरिएको  छ ।

अन्य

भिडियो