INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका कुटपिट घटनाका विषयमा छानविन समिति गठन

कमल गाउँपालिका-५ का ५० वर्षीय शिक्षक मोहनकुमार बगाले थापा मगरले १७ वर्षीया बालिका निर्जला बाँस्कोटालाई चैत २० गते कुटपिट गरेको विषयमा छानविन समिति गठन गरिएको छ ।

कमल गाउँपालिका-५ स्थित मङ्गलमय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई सोही विद्यालयका प्रधानाध्यापक मगरले सामाजिक सञ्जाल ‘फेसबुक’ मा कमेण्ट लेखेको आरोपमा ०८० चैत २० गते खानेपानीको पाइपले कुटपिट गरेको विषयमा छानविनका लागि कमल गाउँपालिकाले चैत २१ गते वडाध्यक्षको संयोजकत्वमा पाँच सदस्यी छानविन समिति गठन गरेको छ ।

छानविन समितिमा कमल गाउँपालिका-५ का वडाध्यक्ष लालबहादुर विष्ट, शिक्षासेवी सरस्वती सेडाईँ, लेखनाथ खतिवडा, बद्री कार्की र बाल सञ्जालकी रञ्जना बस्नेत सदस्य छन् ।

कमल गाउँपालिकाको शिक्षा समितिको निर्णय बमोजिम चैत २१ गतेदेखि चैत २४ गतेसम्म घटनाको वास्तविकता बुझी प्रतिवेदन पेश गर्न समय दिइएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।

कुटपिटबाट छोरीको गोडामा निलडामसहितको चोट लागेको बालिकाका ४० वर्षीय बाबु नवराज बाँस्कोटाको भनाइ छ ।  कुटपिट घटनाका आरोपितविरूद्ध पीडित पक्षले चैत २१ गते इलाका प्रहरी कार्यालय, दमकमा उजुरी दिएको छ ।

कमल गाउँपालिकालाई ०८० माघमा बालमैत्री गाउँपालिका घोषणा गरिएको छ ।

photo 20240403 jhapa

अन्य

भिडियो