INSEC Online

📅 २०८३ जेष्ठ २१

व्यवसायी श्रेष्ठको अपहरण र हत्यामा सङ्लग्न रहेको आरोपमा खामलाई जिल्ला अदालतमा उपस्थित

काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर निवासी व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा १५ वर्षपछि तत्कालीन शक्तिखोरस्थित जनमुक्ति सेनाका कमाण्डर कालीबहादुर खामलाई प्रहरीले ०८० चैत २१ गते जिल्ला अदालतमा चितवनमा उपस्थित गराएको छ ।

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका खामलाई प्रहरीले चैत २० गते काठमाडौँबाट गिरफ्तार गरेको थियो ।

व्यपारी श्रेष्ठलाई ०६५ वैशाख १५ गते माओवादीका खामसहित केशव अधिकारी, गङ्गाराम थामा र गोविन्दबहादुर बटलासहितले अपहरण गरी चितवनको शक्तिखोरस्थित माओवादी शिविरमा लगि कुटपिट गरेको र हत्यापछि वैशाख २८ गते नारायणी नदी किनारमा फालेको आरोपमा श्रेष्ठकी पत्नीले सर्वोच्च अदालतमा उजरी दिएकी दिनु भएको थियो । खाम तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर थिए ।

जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले उक्त मुद्दाको फैसला २०६८ जेठ १७ गते गरेको थियो । सो फैसलामा अदालतले बटालालाई तीन वर्ष र अन्य आरोपित फरार भएकोले मुद्दा मुल्तविमा राखेको थियो ।

मुद्दा चलेदेखि नै खाम अदालतमा उपस्थित भएका थिएनन् । प्रहरीको फरार सूचीमा रहेका खामलाई माओवादी केन्द्रले केन्द्रीय विभागको सदस्य बनाएको थियो ।

खामलाई चितवन अदालतमा उपस्थित गराएर उहाँ सम्बद्ध मुद्दाको सक्कल फाइल सर्वोच्च अदालतमा भएका कारण अदालतले फाइल आएपछि मात्र बयान गराउने तयारी गरेको चितवन अदालतका स्रेष्तेदार विष्णु आचार्यले बताउनु भयो ।

रामहरि श्रेष्ठलाई २०६५ वैशाख १५ गते राति २ बजे माओवादी कार्यकर्ताले केही बुझ्नु छ भन्दै लगेको र त्यसको केही दिनपछि हत्या भएको भन्दै मृतककी पत्नी रमिलाले बताउन बताउनु भयो ।

घटनामा संलग्न भएको भनिएका तेस्रो डिभिजन शक्तिखोरका तत्कालीन ब्रिगेडियर कमान्डर गोविन्दबहादुर बटालाको बयानअनुसार २०६४ चैत १४ गते १७ लाख रूपियाँ र एउटा पेस्तोल घरबाटै हराएको घटनामा श्रेष्ठलाई तत्कालिन माओवादी सेनाले अनुसन्धानका लागि भनी तेस्रो डिभिजन शक्तिखोर ल्याएका थिए ।

श्रेष्ठको शव २०६५ जेठ १२ गते चितवनको जुगेडीस्थित त्रिशुली नदीमा भेटिएको थियो । त्रिवि शिक्षण अस्पतालले टाउकोमा गम्भीर चोटका कारण श्रेष्ठको मृत्यु भएको पोस्टमार्टम रिपोर्ट दिएको थियो ।

बटालाले भने चार वर्षअघि सर्वोच्च अदालतबाट सफाइ पाएका थिए । सर्वोच्चका तत्कालीन न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले ०७६ फागुन १८ गते बटालालाई सफाइ दिएको थियो । जिल्ला अदालतले यस घटनाका अर्को आरोपित गोविन्द बहादुर बटालालाई तीन वर्ष कैद सुनाएको थियो । जिल्लाको फैसला तत्कालीन पुनरावेदन अदालतले सदर गरेको थियो । बटालाले सर्वोच्च अदालतबाट सफाइ पाएका थिए । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व लडाकुसमेत रहेका खामलाई प्रहरीले काठमाडौँबाट चैत २० गते गिरफ्तार गरेको थियो ।

व्यपारी श्रेष्ठलाई ०६५ वैशाख १५ गते माओवादीका लडाकु खामसहित केशव अधिकारी, गङ्गाराम थामा र गोविन्दबहादुर बटलासहितले अपहरण गरी चितवनको शक्तिखोरस्थित माओवादी शिविरमा लगि कुटपिट गरेको र हत्यापछि वैशाख २८ गते नारायणी नदी किनारमा फालेको आरोपमा श्रेष्ठकी पत्नीले सर्वोच्च अदालतमा उजरी दिएकी दिनु भएको थियो । खाम तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर थिए ।

जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले उक्त मुद्दाको फैसला २०६८ जेठ १७ गते गरेको थियो । सो फैसलामा अदालतले बटालालाई तीन वर्ष र अन्य आरोपित फरार भएकोले मुद्दा मुल्तविमा राखेको थियो । मुद्दा चलेदेखि नै खाम अदालतमा उपस्थित भएका थिएनन् । प्रहरीको फरार सूचीमा रहेका खामलाई माओवादी केन्द्रले केन्द्रीय विभागको सदस्य बनाएको थियो ।

खामलाई चितवन अदालतमा उपस्थित गराएर उहाँ सम्बद्ध मुद्दाको सक्कल फाइल सर्वोच्च अदालतमा भएका कारण अदालतले फाइल आएपछि मात्र बयान गराउने तयारी गरेको चितवन अदालतका स्रेष्तेदार विष्णु आचार्यले बताउनु भयो ।

रामहरि श्रेष्ठलाई २०६५ वैशाख १५ गते राति २ बजे माओवादी कार्यकर्ताले केही बुझ्नु छ भन्दै लगेको र त्यसको केही दिनपछि हत्या भएको भन्दै मृतककी पत्नी रमिलाले बताउन बताउनु भयो ।

घटनामा संलग्न भएको भनिएका तेस्रो डिभिजन शक्तिखोरका तत्कालीन ब्रिगेडियर कमान्डर गोविन्दबहादुर बटालाको बयानअनुसार २०६४ चैत १४ गते १७ लाख रूपियाँ र एउटा पेस्तोल घरबाटै हराएको घटनामा श्रेष्ठलाई तत्कालिन माओवादी सेनाले अनुसन्धानका लागि भनी तेस्रो डिभिजन शक्तिखोर ल्याएका थिए ।

श्रेष्ठको शव २०६५ जेठ १२ गते चितवनको जुगेडीस्थित त्रिशुली नदीमा भेटिएको थियो । त्रिवि शिक्षण अस्पतालले टाउकोमा गम्भीर चोटका कारण श्रेष्ठको मृत्यु भएको पोस्टमार्टम रिपोर्ट दिएको थियो ।

बटालाले भने चार वर्षअघि सर्वोच्च अदालतबाट सफाइ पाएका थिए । सर्वोच्चका तत्कालीन न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले ०७६ फागुन १८ गते बटालालाई सफाइ दिएको थियो । जिल्ला अदालतले यस घटनाका अर्को आरोपित गोविन्द बहादुर बटालालाई तीन वर्ष कैद सुनाएको थियो । जिल्लाको फैसला तत्कालीन पुनरावेदन अदालतले सदर गरेको थियो । बटालाले सर्वोच्च अदालतबाट सफाइ पाएका थिए ।

अन्य

भिडियो