INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार मुद्दाका फरार कसुरदार गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार भएका बर्जु गाउँपालिका३ अमडुवाका ३५ वर्षीय मुकेश भनिने उमेशकुमार चौधरीलाई प्रहरीले चैत १८ गते गिरफ्तार गरेको छ ।

बालिकालाई ०७९ चैत १ गते बलात्कार गरेको आरोपमा प्रहरीले चौधरीलाई चैत १८ गते गिरफ्तार गरेको थियो ।

आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा ०७९ चैत १५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको ०८० भदौ ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै ५ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।

बर्जुबाट गिरफ्तारीमा परेका चौधरीलाई सजाय भुक्तानका लागि अदालतमा हाजिर गराएर कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ चैत २ गते गरिएको थियो ।

अन्य

भिडियो