१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका– १० का २० वर्षीय सुमन पटेललाई चैत १७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०८० फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
घटना लगत्तै फरार रहेका आरोपितलाई प्रहरीले भरतपुरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रीराम भण्डारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १० गते भरतपुर अस्पतालमा गरिएको थियो ।