डाक्नेश्वरी नगरपालिका–४ भुतही कुशहाकी २६ वर्षीया अम्बालिका कुमारी रायलाई कुलक्षणी भनी ससुरा ५८ वर्षीय जोगिन्द्र राय, सासु ५५ वर्षीया उमादेबी राय, निजकी छोरी ३५ वर्षीया रिनाकुमारी राय र जेठाजु ३० वर्षीय अजितकुमार रायले घरनिकाला गरेको भन्दै पीडितले सप्तरी जिल्ला अदालतमा ०८० चैत १८ गते उजुरी दिनुभएको छ ।
पीडित र धिरजकुमार रायबीच २०७९ वैशाख ४ गते सामाजि कपरम्पराअनुसार विवाह भएको थियो । पीडित भारत बिहार मधुबनी ग्राम पोष्ट भपटियाही थाना नरहियास्थित माइत रहेका बेला ०८० असोजमा पीडितका पतिको मृत्यु भएको थियो ।
विवाहको ५ महिनामै पतिको मृत्युपछि कुलक्षणी भन्दै गालीगलौज गरी गरगहना खोसी घरनिकाला गरेको पीडितले बताउन भयो । घरनिकाला पछि पीडित भारत बिहार मधुबनी ग्राम पोष्ट भपटियाही थाना नरहिया विस्थापित भएकी छिन् ।