INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम, जिल्ला माइ नगरपालिका-६ स्थायी घर भइ विर्तामोड नगरपालिका-५ मा बस्दै आएका ४० वर्षीय मेघराज लिम्बूलाई चैत १५ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० चैत १४ गते बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरूद्ध चैत १५ गते इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा चैत १५ गते गरिएको छ ।

अन्य

भिडियो