८ वर्षीय बालिकालाई बलात्कार घटनाका कसुरदार चौकुने गाउँपालिका २ का ४४ वर्षीय तुल्सीराम शाहलाई जिल्ला अदालतले ०८० चैत १४ गते २५ वर्ष काराबास (जन्मकैद) फैसला सुनाइएको छ ।
पीडित पक्षले दिएको उजुरीमा गत जेठ २८ गते बलात्कार गरेको भन्ने दाबीलाई प्रहरी अनुसन्धान, स्वास्थ्य परीक्षण प्रतिवेदन र अदालती तहकीकातबाट पुष्टि भएको भन्दै जिल्ला जिल्ला न्यायाधीश मनोजकुमार श्रेष्ठको एकल इजलासबाट उक्त सजाय भएको हाे ।
बालिकालाई बलात्कार गरेको भन्दै पीडित बालिकाको बुवाले जेठ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई जेठ २९ गते गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३० गते प्रदेश अस्पतालमा गरिएको थियो ।