INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीको हत्या गरी आत्महत्या प्रयास

बृन्दावन नगरपालिका-१ बलेरी टोल की ३५ वर्षीया सेतिमाया वाइवालाई ४० वर्षीय पति तिर्थ वाइवाले ०८० चैत १४ गते हत्या गरी आत्महत्या प्रयास गरेको इलाका प्रहरी कार्यालयका प्रहरीले जनाएको छ ।

घाँस काट्न गएका पति पत्नी बीच विवाद हुँदा आरोपितले पत्नीलाई बागमती नदीको बगरमा हँसियाले घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले पत्नीको हत्या गरी घर आँगनमा आइ आफूले पत्नीको हत्या गरेको बताउनुका साथै आफ्नो घाँटीमा समेत सोही हँसियाले रेटेर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । आत्महत्या प्रयास गर्दा गम्भीर घाइते भएका आरोपितलाई स्थानीय र प्रहरीको सहयोगमा उपचारको लागि चन्द्रनिगाहपुरको चन्द्रपुर हस्पिटल प्रा‍ . लि पठाइएको इलाका प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।

घटना बारेमा थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताउनु भयो । शवलाई पोस्टमार्टमको लागि चैत १४ गते प्रादेशिक अस्पताल गौर लगिएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो