INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले ०८० चैत १० गते गिरफ्तार गरेको छ ।

 पीडितलाई आरोपितले पाँचखाल नपा–३ स्थित सर्वमङ्गला जङ्गलमा लगेर फागुन २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित बालकविरुद्ध चैत ९ गते जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताउनु भयो ।

 पीडितको स्वास्थ्य परीक्षण फागुन १० गते धुलिखेल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो