INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गैडहवा गाउँपालिका–८, ढोलाइका २० वर्षीय रामसुभाष लोधलाई प्रहरीले ०८० चैत १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १२ गते राति भाँडा माझ्दै गर्दा मुख थुनेर नजिकैको खेतमा लगेर बलात्कार गरेको भन्दै पीडितले चैत १३ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिनुभयो ।

पीडितले दिनुभएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्सपेक्टर कञ्चन तामाङ्घले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १३ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो