बलात्कार प्रयास अभियोगमा दायर मुद्दामा सफाई दिदै जिल्ला अदालतले आशय करणीमा परिवर्तन गर्ने फैसाला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश भगवती शर्मा ढुंगानाको ०८० चैत ७ गते बसेको इजलासले आशय करणीमा परिणत गर्ने फैसला गरेको हो ।
३२ वर्षीया महिलालाई ०८० कात्तिक ८ गते ३८ वर्षीय जेठाजुले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले मङ्सिर ४ गते गिरफ्तार गरी अनुसन्धन पछि जबरजस्ती करणी उद्योगमा अदालतमा पेश गरेको थियो ।
जिल्ला अदालतले ०८० मङ्सिर २७ गते आरोपितलाई १ लाख ५० हजार रूपियाँ धरौटीमा रिहा गरेको थियो ।