INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको अवस्था बारे सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख मियाँसँग छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्था बारेमा ०८० चैत ८ गते सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख नजिर मियाँसँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले समग्र सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्था, सामाजिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक तथा सांकृतिक अधिकारको बारेमा प्रदेश प्रमुख मियाँलाई जानकारी गराउनु भएको थियो ।

photo20240321kailali (3)

उहाँले सुदूरपश्चिम प्रदेशमा सन् २०२३ मा विभिन्न मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट सात र अन्य पक्षबाट १ हजार १ सय ९० गरी १ हजार १ सय ९७ जना पीडित भएको र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले मानव अधिकारको संरक्षण र सम्बर्धनका लागि स्थानीय तह र प्रदेश सरकारसँग गर्दै आएको समन्वय र सहकार्यको बारेमा प्रदेश प्रमुख मियाँलाई जानकारी गराउनु भएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्थाका बारेमा चाँसो राख्दै संघसंस्थाहरुसँग समन्वय तथा सहकार्य गरेर जाँदा मानव अधिकारको क्षेत्रमा प्रभावकारी काम गर्न सहज हुने बताउनु भयो ।

photo20240321kailali (1)

आफू संविधान र कानुनको परिपालना गराउने जिम्मेवार निकायमा रहेकाले मानव अधिकार संरक्षण र सम्बर्धनका लागि प्रदेश सरकारले निर्माण गरिएका कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

इन्सेक सुदूूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा भएको छलफल कार्यक्रममा इन्सेकले सञ्चालन गर्दै आएका मानव अधिकारसँगसम्बन्धीत कार्यक्रम तथा गतिविधिहरुका बारेमा प्रदेश प्रमुख मियाँले जानकारी लिनुभएको थियो ।

photo20240321(4)

अन्य

भिडियो