१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले चैत ६ गते नियन्त्रणमा लिएको छ ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ जम्बुकाँधमा फागुन २ गते भेट्न बोलाएर बालिकालाई बलात्कार गरेको आराेपमा पीडित पक्षले आराेपितविरुद्ध ०८० फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थियो ।
उजुरीका आधारमा बालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर दिपक मगराठीले जानकारी दिनुभयाे ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २२ गते जिल्ला अस्पतालमा भयो ।
घटनाको विषयमा अनुसन्धान थालिएको इन्स्पेक्टर मगराठीले बताउनुभयो ।