INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित तथा बौद्धिक अपाङ्गता भएकी महिलाालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० चैत ६ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

लम्कीचुहा नगरपालिका–१ कुन्तीखेतकी २८ वर्षीय महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडितलाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पीडित महिलाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित महिलाकी आमाले इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

पीडित महिलालाई फागुन १४ गते लम्कीचुहा नगरपालिका–१ कुन्तीखेतका १७ वर्षीय बालकले बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन १५ गते ईलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिनुभएको थियो ।

पीडितको स्वस्थ्य परीक्षण फागुन १५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो