पुतलीबजार नगरपालिका– ३ काफलडाँडा कि ३९ वर्षीया माया भन्ने जयन्ती नेपालीलाई आफ्नै नवजात शिशुलाई त्यागेर हिँडेको आरोपमा प्रहरीले चैत ३ गते गिरफ्तार गरेको छ ।
नवजात शिशुलाई घर नजिकै त्यागेर जिल्ला अस्पताल स्याङ्जामा आफ्नो उपचारका लागि गएकी नेपालीलाई अस्पतालबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
शिशुलाई अचेत अवस्थामा घर नजिकै छिमेकीले फेला पारेर प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली गएर उद्दार गरि स्याङ्जाको जिल्ला अस्पतालमा लगेर उपचारका क्रममा डाक्टरले चैत ३ गते मृत घोषणा गरेको रानाले बताउनुभयो ।
नवजात शिशुलाई त्याग्ने नेपालीलाई स्याङ्जा अदालतबाट चैत ५ गते म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको रानाले जानकारी दिनुभयो ।