INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजाय फैसला

अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको ०८० चैत ३ गतेको इजलासले राप्ती गाउँपालिका-१ का ४० वर्षीय रामबहादुर खनाललाई १९ वर्ष कैद सजाय र ७ लाख रुपियाँ जरिबाना र १ लाख रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला सुनाएको छ । जिल्ला अदालतले जरिबाना र क्षतिपुर्तिको दुबै रकम पीडितलाई उपलब्ध गराउन पनि आदेश गरेको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

पीडित बालिकालाई खनालले ०८० भदौ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १६ गते इलाका प्रहरी कार्यालय, भालुवाङमा उजुरी दिएको थियो । बालिकाको स्वास्थ्य परीक्षण भदौ १७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भयो । खनाल सोही दिन गिरफ्तार भएका थिए ।

अन्य

भिडियो