INSEC Online

📅 २०८३ जेष्ठ २१

एमाले उम्मेदवारको घर अगाडि विष्फोट

लहान नगरपालिकामा एमालेको तर्फबाट सिफारिस मेयरका उम्मेदवार मुनि साहको घर अगाडि भदौ २० गते साँझ साँढे सात बजे विष्फोटक पदार्थ विष्फोट भएको छ ।

प्रचारको काम सकेर घरमा आइपुगे लगत्तै विष्फोटको आवाज आएको साहले बताए । प्लाष्टिकको डिब्बामा राखेर विष्फोट गराए पनि भौतिक तथा मानवीय क्षति नभएको साहले बताए । उनले भने-‘क्षति नभएपनि आतङ्कित पार्ने काम भएको छ ।’

इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले विष्फोटक पदार्थ पड्किएको जानकारी हुनासाथ घटनास्थलमा प्रहरी परिचालन गरेको बताए । विष्फोटक पदार्थ कसले र किन विष्फोट गराएको हो सो खुलिनसकेको जानकारी दिँदै पाण्डेले घटनाको अनुसन्धान जारी रहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग जनकपुर र इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको संयुक्त टोलीले भदौ २१ गते विष्फोटको घटनाको अनुगमन सुरू गरेको छ ।

अन्य

भिडियो