३२ वर्षीया शारिरिक तथा मानसिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा आरुघाट गाउँपालिका– ८ रातमाटेका ४० वर्षीय चित्रबहादुर थापालाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई फागुन २९ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले सोही दिन दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आरोपित विरुद्ध फागुन ३० गते जिल्ला अदालत गोरखामा बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ३० गते जिल्ला अस्पतालमा गरिएको छ ।