१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा– ८ सभागृह बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठलाई फागुन २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागनु २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको कास्की प्रमुख एसपी मोहन थापाले जानकारी दिनुभयो ।
श्रेष्ठलाई गिरफ्तार गरी बालबालिका विरुद्ध यौन दुर्व्यवहार कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिनुभयो ।