INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

जातीय विभेद गरेको आरोपमा सान्नी त्रिवेणी गाउँपालिका–८ स्थित स्वास्थ्य चौकी मुम्रामा कार्यरत अहेव २८ वर्षीय तपेन्द्र वुढालाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ ।

सोही गाउँपालिका–९ का वडाध्यक्ष ४२ वर्षीय नरपति तिरुवालाई फागुन २७ गते जातीय विभेद शब्द प्रयोग गरी गाली गरेको आरोपमा पीडितले फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

जनप्रतिनिधि माथिनै जातीय विभेद भएको भन्ने पीडितबाट उजुरी आएपछि अनुसन्धानको लागि आरोपितको घरबाटै गिरफ्तार गरिएको इन्सपेक्टर पोषण थापाले जानकारी जानकारी दिनुभयो ।

‘छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०७५’ को दफा ५ को उपदफा ७ (क) र (ख) ले जातीय विभेदको कसुर ठहर भएमा कसुरको मात्र हेरी दुई महिनादेखि तीन वर्ष कैद र बीस हजारदेखि दुई लाख रुपियाँसम्म जरिबाना हुने व्यवस्था छ । साथै सार्वजनिक पद धारण गरेको व्यक्तिबाट कसुर भएमा ५० प्रतिशत थप हुने व्यवस्था रहेको छ ।

अन्य

भिडियो