INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सिलिचोङ गाउँपालिका स्थायी घर भइ खाँदबारी नगरपालिका-७ की २६ वर्षीया विना राईको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय पति मङ्सिरे शेर्पालाई गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८० फागुन १८ गते विनालाई मादकपदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।

माइती पक्षले आरोपितविरूद्ध ०८० फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए लगत्तै शेर्पा फरार भएका थिए ।

आरोपित शेर्पालाई प्रहरीले फागुन २४ गते खाँदबारी नगरपालिका-७ स्थित वेलफर डाँडाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अशोक जवेगुले बताउनु भयो ।

आरोपित शेर्पालाई जिल्ला प्रहरी कार्यालयले फागुन २७ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा फागुन १९ गते गरिएको थियो । पीडित पक्षले शव बुझी खाँदवारी नगरपालिका-१ मा सद्गत गरेको छ ।

अन्य

भिडियो