INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० फागुन २७ गते बरहथवा नगरपालिका–१० का ३४ वर्षीय रामसुनर चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।

पीडित घरमा एक्लै भएको मौका छोपी आरोपितले फागुन १६ गते पीडितलाई कुटपिट गर्नुका साथै बलात्कार प्रयास समेत गरेको पीडितले बताउनु भयो ।

घटना पश्चात आरोपितविरुद्ध उजुरी दर्ता गराए लगत्तै आरोपित फरार रहेकोले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बरहथवाका ईन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

अन्य

भिडियो