१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचपोखरी थाम्पाल गाउपालिका–१ का २२ वर्षीय अनिल ग्राङ्देनलाई ०८० फागुन २४ गतेको जिल्ला अदातलले १८ वर्षको कैद सजायको फैसला गरेको छ ।
पीडितलाई ०७९ फागुन २९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले अनिलेविरुद्ध ०७९ चैत १ गते जिल्ला प्रहरी कार्यालयमा उजुर गरेका थिए ।
आरोपितलाई ०७९ फागुण २९ गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परिक्षण ०७९ चैत १ गते चौतारा अस्पतालमा भएको थियो ।