INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–८ का २६ वर्षीय दिवाकर प्याकुरेललाई ०८० फागुन २४ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ ।

आरोपित प्याकुरेलले पीडित बालिकालाई ०८० कात्तिक ७ गते पीडितकै घरमा बलात्कार गरेको भन्दै कात्तिक १६ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिनु भयो ।

आरोपित प्यााकुरेललाई ०८० फागुन २४ गते गिरफ्तार गरी फागुन २५ गते जिल्ला अदालतबाट एक हपताको लागि म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अनिलराज गिरीले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको थियाे ।

अन्य

भिडियो