१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी–६ लैनचौरका २० वर्षीय पारस बोहोराविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा फागुन २४ गते उजुरी दर्ता गराउनु भएको छ ।
गाउँको जंगलमा फागुन २३ गते बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।
उजुरी दर्ता पछि घटनाको थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेन्द्रसिंह बिष्टले जानकारी दिनुभयो । आरोपित फरार रहेकोले खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २४ गते जिल्ला अस्पतालमा भएको छ ।