INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या गरिएको घटनाका आरोपित गिरफ्तार

तिलागुफा नपा-५ की १९ वर्षीया मन्सरा न्यौपानेलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दैलेख आठवीसकोट नपा-८ का ३८ वर्षीय कृष्णबहादुर आलेमगर र गाडी चालक सुर्खेत वीरेन्द्रनगर नपा-१ का ३४ वर्षीय लक्ष्मीप्रसाद आचार्यलाई भदौ १८ गते गिरफ्तार गरेको छ ।

यही घटनाका आरोपितलाई कारबाहीको माग गर्दै भदौ १९ गते कालिकोटका महिला नागरिक समाजले मान्म बजारमा विरोध जुलुस प्रदर्शन गरेका छन् ।

भदौ १८ गते आठवीसकोट नपा-८ खिडकी ज्युलामा भएको घटनाका दोषीलाई कारबाही गर, महिला कहिलेसम्म असुरक्षित भन्ने नाराका साथ विरोध जुलुस प्रदर्शन गरिएको हो ।

गाडी चालक आचार्यकी भान्जी नाता पर्ने न्यौपानेलाई घर पुर्‍याई दिन्छु भन्दै चार दिन अगाडि सुर्खेतबाट गाडीमा ल्याई बन्धक बनाएर बलात्कार गरेर हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन् ।

बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय दैलेखमा भदौ १८ गते उजुरी परेपछि आरोपित आले र आचार्यलाई प्रहरीले भदौ १८ गते गिरफ्तार गरेको हो ।

बलात्कारपछि बेहोस अवस्थामा भेटिएकी युवतीलाई मुखमा विष हालेर हत्या गरिएको आफन्तहरूले आरोप लगाएका छन् । शवको पोष्टमार्टम जिल्ला अस्पताल दैलेखमा भदौ १९ गते गरिएको छ ।

अन्य

भिडियो