INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० फागुन २३ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

बलात्कार पीडित १४ वर्षीय बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले पीडित परिवारलाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाको दाजुले इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

photo20240306kailali

पीडित बालिकालाई ०८० माघ २ गते गौरीगंगा नगरपालिका–१ गोप्काका १८ वर्षीय श्यामबहादुर बमले बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ७ गते ईलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिनुभएको थियो ।

पीडित बालिकाको स्वस्थ्य परीक्षण फागुन ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले बताउनु भयो ।

अन्य

भिडियो