INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीयद्वारा विद्यालयमा तालाबन्दी : पठनपाठन प्रभावित

सर्केगाड गाउँपालिका–३ उनापानी स्थित देवकोटा आधारभूत विद्यालयको हाजिरी फाइल वडा कार्यालयले लगेपछि गाउँका स्थानीयले फागुन २१ गते विद्यालय तालाबन्दी गरेका छन् । विद्यालयमा तालाबन्दी भएपछि पठनपाठन प्रभावित भएको छ ।

विद्यालयका कार्यालय सहयोगीबाट फागुन २० गते साँझ वडा कार्यालयले उक्त हाजिरी फाइल मागेर लगेपछि विद्यालय ताला बन्दी भएको प्रधानाध्यापक धर्म फडेराले बताउनु भयो ।
उहाँका अनुसार कक्षा १ देखि ८ सम्मकै हाजिरी फाइल वडा कार्यालयले किन लगेको हो त्यसको जानकारी हुन सकेको छैन । सोही विषयलाई लिएर स्थानीयले विद्यालयमा ताला बन्दी गरेको प्रधानाध्यापक फडेराको भनाइ छ ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि फागुन २० गते  १७ जनाले व्यवस्थापन समितिको अध्यक्षमा उम्मेदवारी दर्ता गराएको र आफू पनि उम्मेदवारी रहेको स्थानीय लक्ष्मन कार्कीले बताउनुभयो ।

स्थानीय कार्कीका अनुसार आफू उम्मेदवारी भएपछि विद्यालयमा रहेका विद्यार्थीको सङ्ख्या पत्ता लगाउनका लागि प्रधानाध्यापक फडेरालाई हाजिरी फाइल र अन्य सूचना माग्न खोज्दा सो रजिष्टार फाइल गाउँलेको घरमा राखेको र आफूलाई सूचना समेत नदिएपछि विद्यालयमा ताला बन्दी भएको बताउनुभयो ।
प्रधानाध्यापकले जानकारी दिए अनुसार सर्केगाड गाउँपालिका–३ का वडाध्यक्ष अकलबहादुर कार्कीलाई विदालयको हाजिरी फाइलका विषयमा बुझ्न खोज्दा उहाँले यो कुरा अहिले हुँदैन पछि गर्छु भन्दै फोन समेत काट्नु भएको छ ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २ को (ङ) मा कुनै पनि नेपाली नागरिकलाई सूचना माग्न र सहजै रुपमा सूचना पाउने अधिकार हुँदा हुँदै पनि वडा नम्वर ३ वडाध्यक्षले मानव अधिकारकर्मीलाई अवज्ञा गर्दै सूचना नदिएका हुन् ।

अन्य

भिडियो