INSEC Online

📅 २०८३ जेष्ठ २१

‘कथित बोक्सी’ को आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

चक्रघटा गाउँपालिका–८ औरहीकी ४१ वर्षीया सदिना खातुनलाई ‘कथित बोक्सी’को आरोपमा कुटपिट गर्नुका साथै अभक्ष कोच्याउने प्रयास समेत गरेको आरोपमा सोही ठाउँका ३३ वर्षीय सुजय कुमार यादव र ३० वर्षीय सुुनिल यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ०८० फागुन १८ गते उजुरी दिनु भयाे ।

खातुनलाई फागुन ८ गते आराेपितहरुले ‘बोक्सी’ को आरोपमा गालिगलौज तथा कुटपिट गरेको भन्दै पीडितले फागुन ११ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा टेलिफोन मार्फत जानकारी गराएपछि आरोपितहरूले पुनः कुटपिट गरेको पीडित खातुनले बताउनु भयाे ।

पीडितको उपचार फागुन ९ गतेदेखि ११ गतेसम्म प्रादेशिक अस्पताल मलंगवामा भयो भने घाउजाँच पुनः फगुन १८ गते भयाे ।

घटना बारे अनुसन्धान गरी दोषी उपर कानन बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

अन्य

भिडियो