INSEC Online

📅 २०८३ जेष्ठ २१

‘कथित बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

बलरा नगरपालिका–७ की ३९ वर्षीया फुलो देवी यादवलाई सोही ठाउँका ३६ वर्षीय रामदिनेश कुमार महतोले ‘कथित बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय गडहियामा ०८० फागुन १७ गते उजुरी दिनु भयाे ।

पीडितलाई आराेपितले फागुन ६ गते बोक्सीको आरोपमा गालिगलौज गर्नुका साथै कुटपिट समेत गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय गडहियामा उजुरी दिनु भयाे ।

उजुरी पश्चात आरोपित पक्षले फागुन १६ गते गाउँमै मिलापत्र गर्न दबाब समेत दिएकाे पीडितको आरोप रहेको छ ।

पीडितको स्वास्थ्य उपचार फागुन ७ गतेदेखि ८ गतेसम्म प्रादेशिक अस्पताल मलंगवामा भएकाे बताउनु हुँदै घाउजाँच पुनः फागुन १८ गते भएकाे पीडितले जानकारी दिनु भयाे ।

घटना बारे अनुसन्धान गरी दोषी उपर कानुन बमोजिम कारबाही गर्ने ईलाका प्रहरी कार्यालयका गडहियाका सई रामप्रवेश यादवले जानकारी दिनु भयो ।

अन्य

भिडियो