INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित फरार

खाँदवारी नगरपालिका–११ स्थायी घर भइ खाँदवारी नगरपालिका–७ स्थित आर्मी क्याम्प नजिकै बस्दै आएकी २६ वर्षीया विना राईको हत्या गरी पति फरार भएको प्रहरीले जनाएको छ ।

घरायसी विवादका क्रममा २७ वर्षीय पति मङ्सिरे शर्पाले फागुन १९ गते कुटपिट गरी पत्नीको हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अशोक जवेगुले बताउनु भयो ।

खाँदबारी नगरपालिका–१ मा बस्दै आएका मङ्सिरे शेर्पा पत्नी बसेको ठाउँमा गएर कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इन्स्पेक्टर जवेगुले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा फागुन १९ गते गरिएको छ ।

पीडित पक्षले शव बुझी खाँदवारी नगरपालिका–११ मा सद्गत गरेको छ ।

अन्य

भिडियो