INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

म्याङलुङ नगरपालिका–१० की ४८ वर्षीया गोमादेवी दर्जीले ५० वर्षीय पति जेलाल दर्जीले कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा प्रहरीमा उजुरी दिनु भएको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८० फागुन १४ गते कुटपिट गरेपछि आरोपितविरूद्ध पीडितले फागुन १४ गते प्रहरीमा उजुरी दिएको  जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र प्रमुख असइ रीता पोखरेलले बताउनु भयो ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

कुटपिटबाट शरीरका विभिन्न भागमा चोट लागेकी पीडितको फागुन १४ गते स्थानीय क्लिनिकमा उपचार गरिएको छ ।

अन्य

भिडियो