३८ वर्षीया अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–६ पाल्सका ३० वर्षीय दिपक टमटालाई फागुन १३ गते गिरफ्तार गरेको छ ।
घरमा सुतिरहेको बेला फागुन ४ गते बलात्कार गरेको आरोपमा पीडित महिलाका भाइ नरेन्द्र सुनारले आरोपित विरुद्ध फागुन ८ गते उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।
आरोपितलाई प्रहरीले बाजुरा जिल्लाको धुलाचौरबाट गिरफ्तार गरी घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ९ गते जिल्ला अस्पतालमा भएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताउनुभयो ।