११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला तानसेन नपा–८ स्थायी घरभई बुटवल उपमनपा–१० रामनगर बस्ने ३४ वर्षीय कुशल सापकोटालाई फागुन १२ गते रामनगरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन १३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १२ गते लुम्बिनी प्रादेशिक, अस्पताल बुटवलमा गरिएको छ ।