वीरेन्द्रनगर नगरपालिका–११ स्थित नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालयमा अध्ययनरत ११ वर्षीय बालकलाई शिक्षिका २३ वर्षीया चेतना भण्डारीले फागुन १० गते विद्यालयमै कुटपिट गरेको पीडितले आरोप लगाउनु भयो ।
शिक्षिकाको कुटपिटबाट बालकको दायाँहातको पाखुरामा चोट लागेको छ । कुटपिट घटना भएपछि प्रधानाध्यापक र अन्य शिक्षकहरूले बालकलाई साेही दिन औषधि दिएर घर पुर्याएका थिए ।
कक्षा कोठामा हल्ला गरेको भन्दै शिक्षिकाले कुटपिट गरेकाे विद्यालयका प्रधानाध्यापक नेत्रमणि चालिसेले जानकारी दिनुभयो । हल्ला गदै गलत शब्द बोलेका कारण उक्त घटना भएको भन्दै विद्यालय प्रशासन र अभिभावक सँग बसेर छलफल भएको बताउनुभयो । बालकको औषधि उपचार गरिसकेकको छ । आरोपित शिक्षिकालाई घटनाका विषयमा स्पष्टिकरण समेत मागेको उहाँले बताउनुभयो ।
यस विषयमा प्रहरी कार्यालयमा कुनै उजुरी नआएको जिल्ला प्रहरी कार्यालयका डिएपी लक्ष्मणबहादुर शाहीले बताउनुभयो ।
